कोरियामा दुई नेपाली युवाको निधन

काठमाडौँ । रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घट नामा मृ त्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आ त्मह त्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घ टनामा परी ज्या न गुमाए । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृ त फेला परेका थिए ।

अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक त नावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घट नाबारे कोरिया प्रहरीले अनु सन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ । तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दु र्घटनामा परी मृ त्यु भएको संँगै कार्यरत नेपालीले बताए ।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै श व नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । रासस

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close