फैलिँदै कोरोना भाइरस: कोरिया, जापान, र थाइल्याण्डमा पनि भेटियो ।

कोरोना भाइरसबाट तीन जनाको ज्यान गइसकेको छ ।

काठमाण्डाै – चीनमा देखिएको नयाँ भाइरस अरू देशमा पनि फैलिएको पुष्टि भएको छ । यो भाइरसबाट तीन जनाको ज्यान गइसकेको छ । चीनभन्दा बाहिर जापान, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट सङ्क्रमित भएका व्यक्तिहरूको घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ वर्षको लागि लाखौँ चिनियाँ नागरिक घुम्न गएका बेला यो भाइरस फैलिएको अनुमान छ । चीनमा मात्रै एक हप्तामै यो भाइरसका बिरामी तेब्बर सङ्ख्याले बढेको पाइएको छ ।

हुवान शहरमा मात्र देखिएको यो भाइरसको सङ्क्रमण अरु शहरमा पनि फैलिएको हो । हुवानमा मात्रै अहिले दुई सयभन्दा धेरै बिरामी रहेका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बेइजिङ, शङ्घाई र सेनजेनमा समेत भेटिएकाे बताइएकाे छ । निमोनिया गराउने कोरोनोभाइरसको नयाँ प्रजाति मानिसबाट मानिसमा सर्ने चीनले यसअघि नै पुष्टि गरिसकेको छ । अहिलेसम्म उपचारमा संलग्न १४ जना स्वास्थ्यकर्मीलाई पनि यो भाइरस सरेको स्थानीय सञ्चारचारमाध्यमले जनाएका छन् ।

‘सि फुड’ पाइने बजारबाट यो भाइरस मानिसमा सरेको भनिए पनि यसबारे वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोनाभाइरसका कारण सामान्यतया सङ्क्रमित व्यक्तिहरुमा रुघा, खोकीको लक्षण देखिन्छ र यसको असर गम्भीर हुँदै जाँदा ज्यान पनि जान सक्छ । एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउस भन्छन्, ‘यो नयाँ भाइरस देखिने बित्तिकै हामीले यसको असरका बारेमा थाहा पाउने प्रयास गर्‍याैँ । याे सामान्य रुघा, खोकीको जस्तो लक्षण देखाउने भाइरस होइन, जुन चिन्ताको कुरा हो ।’

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close