रिसोर्टमा हिटर बालेर सुतेका आठ भारतीय पर्यटकको मृ’त्यु

मकवानपुर । थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृ’त्यु भएको छ । आज बिहान होटेलमै अ’चेत अवस्थामा भेटिएका उनीहरूमध्ये एक जनाको घट’नास्थलमै र बाँकीको काठमाडौँको ह्याम्स अस्पतालमा मृ’तक घोषणा गरिएको हो । दुई कोठा लिएर बसेका उनीहरू भारतको केरला प्रदेशका भएको प्रहरीले जनाएको छ । उनीहरू ४ महिला र ४ पुरुष रहेका छन् ।

ती पर्यटकहरू दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरू निसासिएर बे’होस भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अ’चेत अवस्थामा रहेका भारतीयहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ स्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

उनीहरू नाग पोखरीमा रहेको इजी कम्पनीबाट हेटौडा आएको बुझिएको छ । उनीहरू कटेजमा बसेका थिए । टोलीमा १५ जना थिए । मृत’कहरूको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close