जापान जाँदै हुनुन्छ? यस्ता कुरा नलैजानुस्, एयरपोर्टबाटै फर्काइदिन सक्छ

माघ १०, काठमाडौं । जापानले विदेशी नागरिक प्रवेशमा कडाई नगरेपनि उनीहरुले साथमा ल्याउने सामग्रीमा भने कडाई गरेको छ । जापान भिजिट भिसा, स्टुडेन्ट भिसा, विजनेश भिसामा सजिलै जान सकिन्छ । विद्यार्थीले जापनिज भाषा अध्ययनका लागि जापान जान सक्छन् । भिजिट भिसाअन्र्तगत घुमफिर र आफन्त भेटघाट गर्न जान सकिन्छ भने, विजनेश भिसा भएकाले आफ्नो ब्यवसायीक कामका लागि जापान जान सक्छन् । कतिपयले वर्किङ भिसामा जाने गरेपनि यो एकदमै नगन्य हुन्छ । यद्यपि, पछिल्लो समय जापानले नेपालबाट कामदार लैजाने गृहकार्य गरीरहेको छ ।

नेपालबाट वर्षेनी हज्जारौं विद्यार्थी जापनीज भाषा अध्ययनकालागि जाने गरेको शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर किशोर तिवारी बताउँछन् । लामो समयदेखि जापानका लागि काम गर्दै आएका किशोर तिवारीको विचारमा उच्च शिक्षाकालागि जापान गएर करियर सुरक्षित गर्नु विद्यार्थी अभिभावक दुवैका लागि सहि निर्णय हो । ‘जापान गएर उच्च शिक्षा हासिल गर्नका लागि शुरुमा जापनिज भाषा सिक्नकै लागि जानुपर्छ । तथापि, भाषा सिकेर विश्वविद्यालय ज्वाईन गरेपछि जापानमा विभिन्न अवसर पाइने भएकाले नेपाली विद्यार्थीको रोजाईमा जापान पर्छ ।’

इन्फरमेशन टेक्नोलोजीमा जापान विश्वकै उत्कृष्ट देश हो । नेपालमा सिटिइभिटीका कोर्षलाई त्यत्ति रुचाइदैन अर्थात, सीप मुलक शिक्षालाई दोस्रो शिक्षाका रुपमा हेरिन्छ । तर, जापानमा भने सीपयुक्त शिक्षालाई सम्मानजनक रुपमा हेरिन्छ । जापानमा साना ठूला अनगिन्ती सीपमुलक शिक्षा दिने कलेज तथा विश्वविद्यालय छन् ।

जापनीज भाषा अध्ययन गरेको विद्यार्थीलाई जापानमा काम पाउन पनि सहज नै छ । कतिपयले भाषा बुझिँदैन, कानुन कडा छ । विदेशी भनेपनि जापनीजले राम्रो ब्यवहार गर्दैनन् भनेर भन्छन् । तर, डेढ दशक देखि नेपालबाट जापान गएर अध्ययन गरेकाहरुको अनुभवमा त्यस्तो गुनासो छैन ।

‘जापनीजहरु सारै मेहनती हुन्छन् । अल्छी मान्छेलाई चैं मनपराउँदैनन् । बृद्धबृद्धाहरुले पनि काम गरिरहेका हुन्छन् । जापानमा कुनै समस्या छैन ।’ प्रायः शैक्षिक कामका लागि जापान गइरहने तिवारीले भने । नेपालमा एसएलसी, कक्षा १२ उत्तिर्ण गरी डिप्लोमा, ब्यालर्स, मास्टर्स गर्न जापान जान चाहने विद्यार्थीले अनिवार्य भाषा कक्षा लिनुपर्छ । नेपालमा वेसिक जापनीज भाषा जानेका विद्यार्थी अर्न्तवार्ताका लागि योग्य हुन्छन् । जापानमा अन्य भाषालाई त्यत्ति प्राथमिकता दिईदैन । त्यसकारण अङग्रेजीमा मास्टर्स नै गरेकाले पनि जापनीज भाषा सिक्नु अनिवार्य छ ।

सुभाङ्गी एजुकेशनल कन्सल्टेन्सीले यहि कुरालाई दृष्टिगत गर्दै अनुभवी भाषा प्रशिक्षक राखेको छ । जापानका लागि काम गर्ने अन्य शैक्षिक संस्थाले एन ५, एन ४ सम्म गरेकालाई भाषा प्रशिक्षक राखेकोमा सुभाङ्गीले जापानमै लामो समय बसोबास गरी जापनीज भाषामै एन २ पास गरेका प्रशिक्षकको ब्यवस्था गरेको छ । ‘भाषा प्रशिक्षण दिनु गाह्रो काम हो, आज हामीले पढाएका विद्यार्थी भोली जापानमा गएर जापनीज भाषा बोल्नै बुझ्नै सकेनन् भने समस्या हुन्छ । त्यहि भएर हामीले अनुभवी भाषा प्रशिक्षकको ब्यवस्था गरेका छौं ।’ म्यानेजिङ डाइरेक्टर तिवारीको भनाई छ ।

पछिल्लो समय जापानले नेपालबाट जापानमा ल्याइने खाद्यपदार्थमा कडाइ गरेको छ । खासगरी मासु, मासुजन्य वस्तुहरु ल्याउन जापान सरकारले कडाइ गरेको छ । यसै सन्दर्भमा दुई जना युवाको भिसा नै रद्द गरिदिएको छ । जापानमा प्रतिबन्धित वस्तु वा खाद्यपदार्थ ओसार पसार गरे ३ वर्ष कैद १० लाख सम्म जरीवाना हुने कानुन छ ।यस कुरामा विशेष ध्यान दिउँ

  •  मासु र मासु जन्य खानेकुरा नेपालबाट विशेष ल्याईने सुकुटी, फ्राई मासु आदि
  • ससेज, सलामी, जनावरको मासुबाट बनेका कुनैपनि खानेकुरा
  • पकाएको खानेकुरा नेपालमा नै घरमा तयार पारेर पकाईएको तरकारी, मिठाईका परिकार आदि
  • मिठाई खुल्ला भाँडामा राखेर गुणस्तर, बनाएको र खान मिल्ने अन्तिम मिति उल्लेख नभएको तथा मिठाईमा प्रयोग गरिएका पदार्थ उल्लेख नगरिएको
  • सुख्खा खानेकुरा सिन्की, गुन्द्रुक, खुर्सानी, अन्य सुकाएका खानेकुरा, गाँजा, भाँगं (अचारमा प्रयोग गर्न भन्दै ल्याएको पाईन्छ)
  • खुर्सानीको धुलो, खानामा प्रयोग गरिने मसाला जन्य सामग्री खुल्ला तथा मिति, गुणस्तर, प्रयोग सामग्री नखुलाईएको
  • घ्यु, गुदपाक, सुत्केरी मसला लगायत खुल्ला घरेलु खानेकुरा जसमा बनेको मिति, प्रयोग गर्न मिल्ने मिति प्रयोग गरिएको सामग्रीहरुको नाम स्पष्ट खुलाएको छैन भने
  • प्रज्वलनशिल पदार्थ (आगलागी हुनसक्ने ग्याँस, तेल, पेट्रोलियम पदार्थ, ईनामेल, लाईटर, सलाई, विद्युत् प्रवाह गर्नसक्ने चार्ज व्याट्री लगायत
  • हतियार तथा औजार (चक्कु, खुकुरी, कैंची, पत्ती ब्लेड, हम्मर, मार्रतोल, लगायत काट्न मिल्ने खालका हतियारजन्य सामान यद्यपी यि मध्ये केही वस्तु ह्याण्ड क्यारीमा नमिलेपनि लगेजमा राखेर ल्याउन मिल्छन् । तर त्यसको लागि अनिवार्य आधिकारीक बिल र कतिपय अवस्थामा प्रयोगको उपादेयता पुष्टि गर्न सक्नु पर्दछ ।
  • बन्दुक, गोली, बारुद्ध, पटाका लगायत विस्फोटक जन्य सामग्री पूर्णत निषेध र दण्डनिय अपराध हुन्
  • औषधि व्यक्तिगत प्रयोग गर्दै आएका औषधि बाहेक बोक्न पाईंदैन १ आफुले प्रयोग गरिरहेको हो भने पनि अनिवार्य चिकित्सकले काटेको पुर्जी र चेकजाँच गरेको कागजात हुनुपर्नेछ ।

अरु व्यक्तिको लागि हो भनेपनि थोरै मात्रामा तर जापानमा ल्याउन पाईने त्यो पनि अनिवार्य चिकित्सकको चेकजाँच पत्र, औषधि पसलको पुर्जी साथमा हुनुपर्दछ । लपछिल्लो समय प्राणघाटक कोरोना भाईरसको संक्रमण मासुजन्य पदार्थका कारण फैलिएको कारणसमेत जापानको ईमिग्रेसले बिमानस्थलमा चेकजाँच कडा बनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close