चार हजार धरौटिमा रिहा भइन् गायिका आस्था राउत

काठमाण्डौ / गायिका आस्था राउत चार हजार धरौटिमा रिहा भएकी छिन् । अभ्रद व्यवहार सम्बन्धी कसुरमा प्रकाउ परेकी गायिका आस्था राउत ४ हजार धरौटीमा छुटेकी हुन् । विमानस्थलमा महिला प्रहरी सँग भनाभन गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको थियाे । राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेकाे हाे । जिल्ला प्रशासन कार्यालयले नै प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close