‘भ्यालेन्टाइन डे’को अवसरमा ढकाल दम्पतीले बजारमा ल्याए यस्तो भिडियो

काठमाडौं १ फागुन / चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा ‘तिम्रो बारे’ बोलको गीत एक बि क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस गीतमा मनिसको शब्द र सुरेन्द्रमानको संगित रहेको छ । गीतको भिडियोमा भने गायक रामकृष्ण ढकाल र पत्नी निलम शाह फिचर्ड छन् । भ्यालेन्टाइन डे को अवसर पारेर गायक रामकृष्ण ढकालले बिहीबार आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् । केहि समय अघि यी दुईले सम्बन्ध बि च्छेद गरेका थिए । तर सम्बन्ध बिच्छेद गरेपनि पछिल्लो समय भने सँगसँगै देखिएका छन् । हालै नयाँ गीतको भिडियोमा यी दुबैको अभिनय देख्न सकिन्छ ।

विभिन्न सञ्चारमाध्यममा छाएको सम्बन्ध बिच्छेदको खबर झुटो हो भन्दै स्पस्टिकरण दिँदै आइरहेका ढकाल दम्पतीले अन्ततः सँगै भिडियो खेलेर प्रमाण पनि गरिदिए । तर, भित्री कुरा जे भएपनि भत्किनै लागेको घर फेरि बलियो बनाएकोमा ढकाल दम्पतीलाई शुभकामना । भिडियो हेर्न यहाँ किल्क गर्नुहोस्

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close