‘भ्यालेन्टाइन डे’मा होटेलमा छापा, दुई दर्जन भन्दा बढी अविवाहित जोडी पक्रा’उ

३ फागुन २०७६, शनिवार । १४ फेब्रुअरीमा संसार भरिका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन डे मनाए । तर, तीमध्ये थुप्रै मानिस यस्ता पनि थिए जसले प्रेम गरेका कारण पुलिस कार’वाहीको सामना गर्नुपर्‍यो । मुस्लिम बहुल देश इन्डोनेसियाका केही हिस्सामा पुलिसले होटेलमा छा’पा मा’रेका छन् जसमा दुई दर्जन बढी अविवाहित जोडीलाई प’क्राउ गरिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रेम गर्न प्रतिबन्ध छ र यसलाई देशको संस्कृति र नैतिकतावि’रुद्ध मानिन्छ । इन्डोनेशियाको मकस्सर र डेपोकमा आधिकारीले मानिसहरुलाई सार्वजनिक रुपमा प्रेम व्यक्त नगर्न चेतावनी पनि दिएको थियो । मकस्सरमा पुलिसले होटलमा छा’पामारी गर्दै कोठामा भएका अविवाहित जोडीलाई प’क्राउ गरे । यीमध्ये एक जर्मनी व्यक्ति पनि समावेश थिए । ‘हामीले एक जर्मनी नागरिकलाई उनकी इन्डोनेशियाली पार्टनरसँग मोटलमा भेट्यौं ।

उनीहरु श्रीमान् श्रीमती थिएनन् त्यसकारण प’क्राउ गर्‍यौं,’ स्थानीय सार्वजनिक आदेश कार्यालयका प्रमुख इमान हुडले बताए । पछि पुलिसले प’क्राउ गरिएका जोडीलाई ‘विवाह अघिको यौ’नसम्पर्कले निम्त्याउने हानी’ बारे लेक्चर दिएर छोडिदिएको बताइएको छ । तर पक्रा’उ परेका पाँच यौ’नकर्मीलाई पुनर्स्थापना केन्द्र पठाइने निर्णय गरिएको छ । ‘यस्ता सामाजिक कुरितीलाई हटाउनुपर्छ । हामीले सर्वसाधारणलाई आफ्नो नैतिक मूल्य मान्यताबारे याद दिलाइराख्नुपर्छ,’ हुडले भने ।

मकस्सरमा क’ण्डमको बिक्रीमा पनि विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ । क’ण्डम खरिद गर्नेहरुको उमेर पुगेको हुनुपर्छ । स्थानीय अधिकारीका अनुसार क’ण्डम विवाहित वयस्कका लागि मात्रै हो । मकस्सर अधिकारीले कतै पसलमा खुल्ला रुपमा क’ण्डम बेचिएको त छैन भनेर निगरानीसमेत गरेका थिए । स्रोतः रातोपाटी

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close