६० औँ वर्षमा प्रवेश नेपाल-अस्ट्रेलिया सम्बन्ध

नेपाल–अस्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध शनिवारदेखि ६० औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् । सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अस्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

६० वर्षअघि आजकै दिन नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । द्विपक्षीय सम्बन्ध स्थापनको ६० औं वर्ष प्रवेशका अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले शनिवार साँझ राजधानीमा स्वागत समारोह आयोजना गर्दैछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका सल्लाहकार, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको अस्ट्रेलियाली राजदूतावासले जनाएको छ । रासस

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close