भारतमा तीर्थयात्रामा हिँडेका ३४ नेपाली चढेको बस दुर्घट’ना, ६ जनाको मृ’त्यु

काठमाडौं, ०८ फागुन । भारतको सलेम बेंगलुरु नेशनल हाइवेमा मिनीबस दुर्घट’ना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्या’न गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विहीबार बिहान नेपाली तीर्थयात्री चढेका मिनीबस दुर्घ’टना हुँदा ६ जनाको ज्या’न गएको हो । यसै दुर्घट’नामा परी अन्य १८ जना घा’इते भएका छन्, उनीहरुको अहिले एक स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । ज्या’न गुमाउनेमा चार पुरुष र दुई जना महिला रहेका छन् ।

बेंगलुरुतर्फ जाँदै गरेको उक्त मिनीबस राजमार्गमा अर्को बससँग एक–आपसमा ठोक्किदा दु’र्घटना भएको प्रहरीले जनाएको छ । उक्त मिनीबसमा ३४ जना यात्रु सवार थिए । उनीहरु गत माघ २३ गते ३५ दिनको तीर्थयात्राका लागि भारत गएका थिए । दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close