नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएका हुन् ? अस्पतालले दियो यस्तो स्पष्टीकरण [ विज्ञप्तिसहित ]

८ चैत २०७६, शनिवार, काठमाडौँ । काठमाडौँको नर्भिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामी पत्ता लागेको भनेर फेसबुकमा अडियो सन्देश प्रवाह भएर भ्रम सिर्जना भएपछि अस्पतालले कुनै बिरामी फेला नपरेको स्पष्ट पारेको छ । शनिवार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले कुनै पनि बिरामी पत्ता नलागेको स्पष्ट पारेको छ ।
अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘शनिवार बिहानदेखि नै फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिए भन्ने शाब्दिक एवं भाषिक भ्रामक र झूटा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेसनल हस्पिटल परिवार आश्चर्य–चकित भएको छ ।’ अस्पतालले भ्रम फैलाउनु सामाजिक अपराध भएको बताउँदै कडा कारबाहीको माग समेत गरेको छ ।

यस्तो छ विज्ञप्ती हेर्नुहोस

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close