फेसबुकको मेसेन्जरमा अडियो पठाइ कोरोनाको भ्रम फैलाउने वि’रुद्ध प्रहरीले अनुसन्धान गर्ने

काठमाडौँ । नाेवेल कोरोना (कोभिड–१९) भा’इरसबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने अडियो बारे नेपाल प्रहरीले अ’नुसन्धान सुरु गरेको छ ।प्रहरीको साइबर ब्युरोले उक्त अडियो बारे अ’नुसन्धान थालेको हो । सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरमा भाइरल सो अडियो सामाग्रीमा नर्भिक अस्पतालमा नौ जनालाई जाँच गर्दा ६ जनामा कोभिड १९ भाइरस देखिएको उल्लेख गरिएको छ । अहिलेसम्म नेपालमा कुनै पनि व्यक्तिमा कोरोना स’ङ्क्रमण भेटिएको छैन ।

तर सो अडियो सामाग्रीमा नेपालमा पनि कोभिड १९ फैलिसकेको भन्दै भ्रम फैलाइएको छ । तर नर्भिक अस्पतालले सामाजिक सञ्जालमा भा’इरल भएको अडियो सामाग्रीको खण्डन गरेको छ । अस्पतालका अध्यक्ष वसन्त चौधरीले शनिवार ट्विट गर्दै यसको खण्डन गरेका हुन् । उनको ट्विटमा लेखिएको छ–‘ यो अत्यन्तै भ्रामक न्युज हो र नियतवश गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरू नभएको जानकारी गराउन चाहन्छु । यस विषयलाई हामीले साइबर क्राइम सेल तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौँ । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ ।’

नर्भिकले सार्वजनिक गरेको विज्ञप्ती यस्तो छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close