ब्रेकिङ: फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एकजना किशोरीमा देखियो कोरोना, सरकारद्वारा पुष्टि

काठमाडौँ ।एक नेपाली किशोरीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण देखिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको पुष्टि गरेको हो। उनको अहिले टेकुस्थित अस्पतालमा उपचार भइरहेको छ । फ्रान्सबाट आएकी उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । त्यसैले उनीबाट सङ्क्रमण अन्यत्र फैलिने सम्भावना न्यून छ।

फ्रान्सबाट मङ्गलवार फर्किएकी १९ वर्षीय नेपाली किशोरीमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । ती नेपालीको आइतबार शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो । हालसम्म ६०० मा नमुना परीक्षण गरिएको र सबैमा नेगेटिभ रिपोर्ट देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close