जमुनाहा नाकामा अलपत्र परेका ८०० नेपालीको उद्धार, एक दर्जनमा उच्च ज्वरो

काठमाडौँ, चैत १० । बाँकेको जमुनाहा नाकाबाट ८०० बढी नेपालीको उद्धार गरिएको छ । सीमा नाका ‘सिल’ भएपछि भारतबाट नेपाल आउन लागेका उनीहरूलाई रुपैडिहाबाट उद्धार गरी नेपालगन्जको ‘क्वारेन्टाइन’मा पुर्‍याइएको हो । स्वास्थ्य परीक्षणका क्रममा उच्च ज्वरो देखिएका एक दर्जनलाई थप परीक्षणका लागि एम्बुलेन्समार्फत भेरी अस्पताल पठाइएको छ ।

भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिकहरू सबैको विवरणसमेत राखिएको जनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले विशेष परिस्थितिका कारण सीमावर्ती सहरमा अलपत्र परेका नेपालीहरूको उद्धार गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close