‘लकडाउन’ उल्लङ्घन गरी सडकमा निस्कने १० जनालाई प्रहरीले नियन्त्रणमा लियो

चितवन, -सरकारले आजदेखि जारी गरेको नेपाल लकडाउन उल्लङ्घन गर्दै सडकमा निस्कने १० जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए । उनले सरकारको निर्देशन अवज्ञा गर्ने जो कोहीलाई पनि कारबाही गरिने चेतावनी दिए ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज बिहानदेखि देशभर लक डाउन गरेको हो । तर चोक–चोकमा मानिस निस्किएर रमिता हेर्न छाडेका छैनन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close